नरापो न्यूज संवाददाता,रघु त्रिपाठी
कोरिया । दक्षिण कोरियाको तोङ्योङ विश्वविद्यालयमा अध्ययनरत उदयपुर गाईघाटका विद्यार्थी उज्ज्वल अधिकारी मृत अवस्थामा भेटिएका छन् ।दक्षिण कोरियाको बुसानमा रहेको उनको कोठामा अधिकारीलाई मृत फेला पारेको हो ।
घरधनीले कोठा नखुलेको जानकारी दिएपछि बुधबार बिहान प्रहरीले कोठा फोडेर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए ।
अधिकारीको शवलाई अहिले साहो अस्पताल बुसानमा राखिएको छ । उनको पोस्टमार्टमका लागि परिवारजनको स्वीकृति चाहिने भएकाले नेपाली विद्यार्थी समाज कोरियाले उनका परिवारसँग नेपालमा कुरा गरिरहेको बताइएको छ । उनी तोङ्याङ विश्वविद्यालयमा टुरिजम म्यानेजमेन्ट विषय अध्ययन गरिरहेका थिए ।
http://www.tokyonepal.com/2011/06/30/28723.html

No comments:
Post a Comment